सोमवार, मंसिर १२, २०७९

युवा आउ , राजनिती बचाउ, ..

आजको राजनितीमा र नेतृत्व प्रती जुन जनता माझ दृष्टिकोण छ , त्यसलाइ बदल्न सक्षम र युवा पुस्ताले नेतृत्व लिन जरुरी छ,जसले युवालाइ राजनितीमा संलग्न हुन अभिप्रेरित गरोस । समृद्व नेपाल, सुखी नेपाली ,आमनागरिकको सपना हो , कुनै चाउचाउको बिज्ञापन हैन किनकि यो सपना प्रत्यक्ष नागरिकको सपना सँग जोडिएको छ ,आजका युवाहरु के सोच्छन ,कसरी सोच्छन,किन सोच्छन,अनि किन सोचिरहेका छन भन्ने कुरा अबको राजनितिक एजेन्डा बन्न जरुरी छ। युवाहरु देशमा बस्न रुचि नराख्नु , राजनितिमा रुचिनराख्नु ,हो भने समृद्दि गफ मात्र हुनेछ। युवाहरुमा सरकार माथिको बिस्वास हुदैन ,यो मेरो भनाइ हैन युवाहरुले ब्यक्त गरेका बिचारहरु हुन। पार्टीले युवाहरु भन्ने बित्तिकै खाली शंकर पोखरेल , घनश्याम भुसाल, योगेश भट्टराई मात्रमा सिमित देख्ने हैन आम नेपाली युवा तपाईं हामी युवा हौ , उहाहरु पदमा पुगेर पनि परम्परागत राजनितिक प्रणाली मै ब्यस्त हुन थाले पछि युवा राजनितिमा समस्या आउने छ आशा गरौ त्यस्तो नहोस , पदमा पुगेर परिणाम दिन नसक्ने हो भने किन युवा नेतृत्व चाहियो भन्ने बहस महत्त्वपूर्ण हो आजको दिन । पदमा नपुग्जेल युवा स्वरुप देखाउने र सत्तामा पुगेपछी त्यस्तो के हुन्छ हुन्छ ? जसले युवाहरुको परिबर्तन र बिद्रोहि स्वभाबलाई मार्छ ,बिद्रोहि हुँदै सत्तामा पुग्ने क्रमकोबाटोमा सम्झौता त हुन्न आजको संक्का को बिषय हो ।हामी युवाहरु ब्यक्तिगत खर्च ,राजनितीक अभियानमा हुने खर्च र कति अबस्थामा त परिवारको आर्थिक भार पनि बेहोर्नु पर्ने अबस्था हुन्छन , आम्दानी कम दाहित्व बढी हुदा युवा आफैलाई कसरी त्यसको ब्यबस्थापन गर्ने भन्ने चुनौती रहन्छ,धेरै युवाले सुरुमा राजनितीमा हामफाले पनि आर्थिक अबस्थाकै कारण राजनिती चाड्छन । राजनितिलाइ जागिर बनाउने युवा राजनितीमा टिक्छन , आफ्नो इमानलाइ केन्द्रमा राखेर राजनितिलाई सेवामुलक बनाउने ब्यक्ति हराउदै जान्छन ,आज भोलि राजनिती फुलटाइम ब्यबसाय छ ,आफ्नो काम गरेर बचेको समय राजनितीमा योगदान गर्ने माहोल हालको समयले प्रदान गर्दैन ,चुनाबमा उठ्न पैसा चाहियो अगाडि पछाडी  भुस्तिग्रे पाल्न पैसा चाहियो,चुनाब जित्न पैसा चाहिने भने पछि आज एउटा युवा आफ्नो स्वाभिमान बेचेर कसरी यो धन्धामा लाग्न सक्छ ? राजनितीमा बेरोजगारी युवाले सक्रिय हुन त्यति सजिलो छैन राजनिती गर्दा खाएको भातको पैसा खाडी गएर तिरेको इतिहास छ । आज भोलि एउटा बच्चालाइ के बन्छौ भनेर सोध्नु भयो भने डाक्टर बन्छु इन्जिनियर बन्छु, बैंकर पनि भन्छन,तर नेता बन्छु भन्दैनन । केही समय अघि एउटा बिद्यालयमा एक जना नबनिर्बाचित मियरले दिएको भाषण सम्झन्छु हाम्रो नगरपालिका भित्र रहेको एस स्कुललाइ सयोग गर्न तयार छु ताकी यहाबाट बिद्यार्थि ठुला डाक्टर पाइलट इन्जिनियर कर्मचारी बनुन भन्नू भयो , मलाइ अचम्म लाग्यो एउटा नेताले बिद्यार्थिलाइ नेता बन भनेर भन्न सक्ने अबस्था किन छैन? नेताकै नजरमा नेता नै किन सम्मानित छैनन , मलाइ लाग्छ यहाँ अहिलेका नेता नै सक्षम युवा आएर आफ्नो भाग खोस्ने पो होकि भनेर डर पालेर बसेका छन , उनिहरु सम्भब भए सम्म नया पुस्ताले नेतृत्व लिन खोजेको देख्न रुचाउदैनन , थुप्रै युवाले आफ्नो मतदानपत्र बनाएकै हुदैनन किनकी मेरो भोटले अर्थ राख्दैन भन्ने भाबनाले युवालाइ राजनिती बाट टाढा बनाउदै छ । एक छिन सोचौ , यदि युवा अबस्थामै मदन भन्डारी , पृथ्वीनारायण शाह , भिमसेन थापा, बिपि , ले राजनितिलाइ घृणा गरेर खेतिपाती वा जागिर गरेर बसेका भए देश कुन अबस्थामा हुन्थ्यो होला ? अहिलेका पार्टी यहाँ नेता जन्माउने भन्दा पनि आफुले गरेका निर्णय काम सहि छाप ठोक्ने जमात बढी रुचाउछन , यस्था यथास्थितीबादी सोच बोकेर हिड्ना ले युवा ओझेलमा पर्छन , युवा अघि बढ्न कित शिर्ष नेताको सन्तान हुनु पर्ने कित धेरै श्रोत साधन चाहिने परिपाटिले मात्र राजनिती गर्दा सफल हुने युगमा हामी छौ , मजदुर ,किसान,दलित ,सबैबाट योग्यता क्षमता बिचार नेतृत्व गर्ने युवा निकाल्नु आजको आबस्यकाता हो आफू भन्दा क्षमता नभएको ब्यक्ति नेतृत्व कुशलता नभएको ब्यक्ति चाकरी गरेर नेता बनेका छन , त्यस्तालाइ नेता मानेर एउटा निष्टावान युवा कसरी राजनीति गर्न सक्छ ? किनकी हाम्रो नेपालको राजनितीमा युवाको भुमिका सशक्त छैन यसैकारण जस्तो पनि लाग्छ,त्यसैले समृद्ध नेपाल, सुखि नेपाली , भन्ने मुल नाराको मैदानमा उत्रनु नै आजको आम युवाहरुको आबस्यकता साथै देशले खिजेको महसुस हुन्छ। …

  1. लेखकदेब कुमार पोखरेल रास्ट्रीय युवा संघ नेपाल दोलखा जिल्ला कमिटी सदस्य ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation