सोमवार, मंसिर १२, २०७९

दलित उत्पत्ति र हाम्रो समाज …!

विश्व इतिहासमा हेर्ने हो भने दलित जातिको लामै ईतिहास रहेको पाइन्छ । उखानै छनी “राजा हुन चाहियो, जे खोज्यो त्यही पाइयो” भने जस्तै नेपालमा राज सस्थाबाट गराइने कामको बिभाजन बाट केही जात छुट्टिएको बारेमा लेख्ने प्रयास गरेको छु । राज्य संचालन कसरी गर्ने भन्ने बारेमा सबै दाजुभाइ छरछिमेक राजपरिवारमा छलफल भयो त्यसपछी राजा जयस्थिती मल्लले विचार गरे अब सिपको पगिचान गरि कामको बिभाजन गर्नु परो अनि मात्र यो राज्य संचालन गर्न सजिलो हुन्छ सकिन्छ , नत्र गारो हुन्छ भन्ने निर्णयमा पुगेपछी दरबारमा बैठक बोलाए राजा जयस्थिती मल्लले सन १३६० देखि १३९५ सम्म पटक पटक राज्य संचालन गरेको झन्डै आठ सय पर्ष पुरानो ईतिहास पाइन्छ । त्यसै क्रममा राजाले राज गद्दीमा बस्ने बेलामा उनलाइ लगाउने जुत्ता आबस्यक पर्यो त्यो कसले बनाउन सक्छ भन्ने बहसमा एकजनाले भनेछन । महाराज त्यो काम म गर्छु राजाले खुसी हुँदै भन्नू भयो गरेर लिएर आउ , त्यो ब्यक्ति राजाको काम पाएर खुसी हुँदै केही दिनको मेहनत पछि जुत्ता बनाएर ल्यायो । उसले राजालाइ देखाउदै भन्यो महाराज मैले हजुरको मर्जी अनुसार जुत्ता बनाएर ल्याए । अनि राजाले हेरेर लगाए एक दम ठिक भयो , राजा बाट स्याबाँस पनि पायो तर दुर्भाग्य राजा राजगद्दिमा बसेको बेला त्यहा नजिकै जुत्ता राख्ने ठाउँ थियो दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो कारण थियो जुत्ता छालाको कुकुरलाई छाला मन पर्ने त्यो कुरा दरबारका अन्य कामदारले राजालाइ सुनाए त्यसपछी राजाले जुत्ता बनाउने लाई बोलाएर हप्काउदै भने तैले के यस्तो जुत्ता बनाएको यो त कुकुर भन्दा नि घटिया बनाइस त्यसपछी राजाले उनलाइ कहिल्यै पनि भेट्न चाहेनन, एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउने लाई देखेपछि राजाले हुकुम दिए यसलाइ यहाँ आउन नदेउ टाढा राख पछि गएर त्यसले एक जातको रुप लियो जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो यसरी सार्की जात रहन गएको ईतिहास छ, त्यसपछि मल्ल कालमै पनि राजा प्रताप मल्लले थोरै परिबर्तन गर्न चाहेका थिए उनको दरबारमा बेलाबेलामा पुजा लाउने चलन थियो , हरेक आइतबार बिहानको समयम बोकाको बलि चढाउने बेलामा खुकुरिको आबस्यक पर्यो त्यो काहाबाट ल्याउने भन्ने बारे छलफल हुदा त्यसै बेला फलाम सम्बन्धि ज्ञान भएकाहरुको भेला गराइयो , राजाबाट हुकुम भयो कसले यो काम गर्न सक्छ ? एक जनाले फेरि पनि म बनाउन सक्छु भनी हाल्यो ,त्यसपछि राजाबाट बनाउन हुकुम भयो ,उनी त्यो काममा लागेर कुखुर तयार गरेर लिएर आएर राजालाइ देखाएछ्न , उनले पनि स्याबासी पाएछन त्यही बेला रानी पनि त्यही आइपुग्दा उनले भनिन यो कसले बनाएर ल्याएको हो ? खुकुरी बनाउनेले भन्यो मैले हजुर ,, अनि रानिले पढ्केर भनिन तिमिले कसैको ज्यान लिने बनाएर ल्याएको त्यसैले अब तिमिले यो हतियार राजाबाट पुजा भएपछी छुन हुदैन ,अनि त्यो ब्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफुले बनाएको सामान राजा महाराजा बाट पुजा भएपछी छुन नहुने भयो त्यसपछी त्यो खुकुरी लुवाबाट बनेको हुनाले पछित्यो बनाउने ब्यक्तिलाइ लोहार जात राखियो ,राजाले रानिको आज्ञा मान्दै लोहारलाइ नजिकै नल्याए पछि हाल सम्म त्यो दलित भनेर चिनिन थालियो । त्यो नै दलितलाइ अभिशाप बन्न गयो ।त्यसैले ठुलाबढाले कामको आधारमा जातको बिभाजन गरि आफुले मात्र मोजमस्ति गरेको भन्ने बुझिन्छ , त्यो भन्दा अघि जात के हो थाहा नै थिएन र सिपको आधारमा बिभाजन गरियो जस्तै जुत्ता सिलाउनेलाइ छालाको काम दिइयो, सुन बनाउने लाई सुनको काम दिइयो, फलाम बनाउनेलाइ फलामको काम दिइयो , यसको बिकसित रुप नै कालान्तरमा गएर जातमा परिणत भयो , ती जातलाइ तल्लो स्तरको भन्ने चलन बसेको इतिहास छ आजका दलितले पनि दुर्गती भोग्दै आएका छन मानबमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रष्ट भएको पाइन्छ , सिङ्गो नेपाल निर्माणमा दलितले गरेको योगदान देश र नेताले धेरै फाइदा लिएको ईतिहास छ तर दलित मुक्तिको लागि कतै पहल भएको देखिन्न । जसको फाइदा आन्दोलन मा अगुवाहरुल उठाए , दलित जहाको त्यही छ । दलितहरु सिपयुक्त हुने भएकाले काममा लगाउने तर प्रतिफल अपल्लो जातकाले खाने कुनै न कुनै तबर बाट अनिहरुलाइ अपहेलित गर्ने प्रचलन छ । अहिले पनि २१ औ शताब्दीमा आइपुग्दा दलित जातको बारेमा भएका अनेकौ खोजले पनि दलित जातको बारेमा लामो ईतिहास रहेको पाइन्छ । हामी जन्मिदा कुनै जात लिएर जन्मेका हुदैनौ , जन्मे पछि आमा बुबाले राख्ने जातबाट चिनिन्छौ , यसरी बिना जात जन्मिए पछि जातभात केही हैन भन्ने कुरा बुझौ र समाजलाइ बुझायौ ,तपाईं हामी काटे रगत एउटै हो हामी मानिस हो मानिस भएर बाचौ केही दिनको लागि आएका छौ आखिर मरेर जाने ठाउँ एउटै हो । यस धर्तिमा दुई जात छ एक महिला एक पुरुष भन्ने मानसिक्ता राखौ । धन्यवाद /

लेखकदेब कुमार पोखरेल , तामाकोसी गाउपालिका वडा न ४ दोलखा

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation