सोमवार, मंसिर १२, २०७९

दाङको तुलसीपुरमा आगलागी हुँदा पाँच जनाको मृ*त्यु

दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृ*त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।मृ*त्यु हुनेमा उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। बिहान साढे ७ बजेतिर आगो कम भएपछि शव निकालिएको र पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको बताइएको छ ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation