बुधबार, भदौ ३०, २०७८

किशोरले बनाए ‘हाम्री झ्याउँकिरी’

काठमाडौँ । कमेडी श्रृङ्खला निर्माण गर्दै आएका किशोर भण्डारी ‘डिट्ठा साब’ ले सामाजिक विषयमा ‘हाम्री झ्याउँकिरी’ नामक टेलिश्रृङ्खला श्रृङ्खला निर्माण गरेका छन् । प्रेमकथामा आधारित सामाजिक विषयवस्तु समेटिएको टेलिश्रृङ्खला भण्डारीले नै निर्देशन गरेका हुन् । प्रसारणका लागि टेलिभिजन फाइनल हुन बाँकी रहेको कारण श्रृङ्खला अहिले युट्युवबाट सार्वजनिक गर्ने भण्डारीले बताए ।

रेश्मा तिमल्सिनाको कथा र निर्देशक भण्डारीको पटकथा तथा संवाद रहेको श्रृङ्खलामा दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन छ । कृष्णभक्त महर्जन, किशोर भण्डारी, रेश्मा तिमल्सिना, लिला केसी, गीता नेपाल, सुन्दर लामिछाने, कृष भण्डारी, ईश्वर भुर्तेल, पुष्प अवस्थी आदि कलाकारको अभिनय श्रृङ्खलामा देख्न सकिन्छ ।

© 2021 Nepal Vitra All right reserved Site By : Himal Creation