बुधबार, भदौ ३०, २०७८

हङकङमा तयार भयो ‘औँठी बैना’

काठमाडौं : लोकप्रिय गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीत ‘औँठी बैना’को भिडियो हङकङबाट सार्वजनिक गरिएको छ । विष्णु इङ्नामको शब्द शृजना रहेको गीतको भिडियो लोक शैलीमा तयार पारिएको छ । जसमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय गरेका छन् ।

हङकङमा छायांकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय रहेको छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायांकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

© 2021 Nepal Vitra All right reserved Site By : Himal Creation