सोमवार, मंसिर १२, २०७९

घोराहीमा महायज्ञ शुरु, पहिलोदिन १ लाख बढि संकलन

दाङको घोराहीमा आजबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा संस्कार गृह निमार्णसंगैसंस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ शुरु गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभयो । महायज्ञ शुरु गर्नुअघि झाँकीसहितको र्याली निकालिएको थियो । सो र्याली पश्चात औपचारिक कार्यक्रम गरी महायज्ञ थालनी भएको छ ।

मूल आयोजक समिति अध्यक्ष आचार्यको अध्यक्षता, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष एवं प्राध्यापक लेखनाथ आचार्यको प्रमुख आतिथ्य तथा प्रमुख कथा वाचक कोमल उपाध्यायको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी महायज्ञ शुरुवात गरिएको छ । सो अवसरमा प्रमुख अतिथि आचार्यले असल चरित्र निर्माणका लागि आयोजकले थालेको यो अभियानमा सबै नागरिक जोडिन आवश्यक रहेको बताउनुभयो ।

यसैबीच, महायज्ञको पहिलो दिन १ लाख २१ हजार ७ सय ८० रुपैया संकलन भएको छ । जसमा चन्द्रप्रकाश देवकोटाले १ लाख १ हजार पन्ध्र, खिमबहादुर न्यौपानेले दश हजार पाँच, ध्रुव गौतमले पाँच हजार पाँच सय ५५ र विनयकुमार मिश्राले पाँच हजार १ सय ५ रुपैयाँ दान गर्नुभएको छ ।

 

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation