सोमवार, मंसिर १२, २०७९

‘फेरी नयाँ रेकर्ड तोड्यो केजीएफ च्याप्टर २’ रिलिज

दाङ,घोराही – बिहीबारदेखि विश्वव्यापी रुपमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज भएको छ । यो फिल्म हेर्नकालागि दर्शकहरुको बाक्लो उपस्थिति थियो।

‘केजीएफ-२’को क्रेज यतिसम्म छ कि भारतमा मात्रै नभएर नेपालमा पनि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइसकेको छ ।

 

 

यो फिल्मका लागि नेपालका सिनेमा हलहरुले बिहान ६ बजेदेखि राति साढे १० सम्मको शो छुट्याएका छन् । ती सबै शो हाउसफुल छन् ।

यसैबीच, दाङका सबै हलहरु एफक्युब सिनेमाजले ‘केजीएफ-२’को टिकट नपाएका दर्शकहरुका लागि भन्दै नयाँ वर्षका दिन बिहानै देखि  शो उपलब्ध गराएको छ । यति सबेरै फिल्मको शो लागेका थिए ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation