सोमवार, मंसिर १२, २०७९

महायज्ञको दोस्रो दिन शुक्रबार एक लाख ४२ हजार एक सय ९६ रकम संकलन

 

घोराही दाङ – घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरीयामा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन शुक्रबार एक लाख ४२ हजार एक सय ९६ रकम संकलन भएको छ ।

विहिबार एक लाख २१ हजार सात सय ८० रुपैयाँ रकम संकलन भएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ शुरु गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रमेशकुमार आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी २५ हजार एकदेखि ५० हजारसम्म सहयोग गर्ने दातालाई गणेशको मूर्ति, दोसल्ला सम्मानपत्र सहित मण्डपमा परिक्रमा गरिने छ । त्यसैगरी उक्त महायज्ञमा ५० हजार एकदेखि पाँच लाखसम्म सहयोग गर्ने दाताहरुलाई दोसल्ला, ठूलो फ्रेममा सम्मान पत्र, पशुपति मन्दिर सहित टोल परिक्रमा गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै पाँच लाख एकदेखि १० लाखसम्म सहयोग गर्ने दाताहरुलाई दोसल्ला, ठूलो फ्रेममा सम्मान पत्र, पशुपति मन्दिर सहित १० टोल परिक्रमा गराइने छ । दशलाख एकदेखि माथि सहयोग गर्ने दाताहरुलाई दोसल्ला, ठूलो फ्रेममा सम्मानपत्र, भवनको एउटा कोठामा शिलालेख, दाताकै नामाकरण, टोल परिक्रमासँगै पशुपतिको मन्दिर समेत दिने महायज्ञ प्रचार–प्रचार उपसमिति संयोजक कमल ओलीले गर्नुभएको थियो ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation