सोमवार, मंसिर १२, २०७९

प्रचण्डले जिते मात्र देश बन्छ, भन्छन हमाल।

कमहानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको जस्तो भिजन भएको नेता नरहेको भन्दै प्रचण्डलाई साथ दिन अपिल गरेका छन ।

“एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता प्रचण्ड नै रहेको आफ्नो निश्कर्ष सुनाएका थिए। ‘आजको राजनीतिक परिवेशमा प्रचण्ड अपरिहार्य ब्यक्ति हो, उनलाई नै साथ दिनुपर्छ,’अन्तवार्ताको हमालले भनेका छन।

 

“हमालले आफू नेकपा माओवादी केन्द्रको कार्यकर्ता वा समर्थक नभएको तर प्रचण्डको काम र उनिमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पुगेको पनि बताएका छन ।

 

‘एउटा नेतामा हुनुपर्ने गुण, प्रचण्डमा छ ।  केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उनी अब्बल छन्। उनी सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ। समाजमा बिभिन्न पक्ष हुन्छ, सवै प्रचण्डमा भएको, ’हमालले बताएका छन्,

आजको घडीमा नेपाललाई नेतृत्व गर्न प्रचण्ड असाध्यै सक्षम छन्। म माओवादी बनेको छैन, बन्ने संभावना पनि छैन तर प्रचण्ड राम्रो नेता हो, साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु भन्छन हमाल।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation