बिहिबार, भदौ ३१, २०७८

पार्टी छोडेर माधव नेपाल ‘पाटी’मा गएपछि काम गर्न सुरु भयो : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका कारण लामो समय भूमि व्यवस्था र सुकुम्बासी समस्याको समाधान गर्न नपाएको जिकिर गरेका छन् ।

बुधबार राजधानीमा आयोजित भूमिहीन सुकुम्बासीको कार्यक्रममा उनले आफू अघिल्लोपटक प्रधानमन्त्री हुँदा गठित भूमि व्यवस्था आयोगलाई नेपालले काम गर्न नदिएको आरोप लगाए । भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरुको मुख्य नेता नेपाल भएको उनको भनाइ थियो । उनले पुनः आयोग गठन गरेको बताउँदै भने, “पार्टी छोडेर माधव नेपाल पाटीमा गएपछि बल्ल आयोग पूरा भो र काम गर्न सुरु भो ।’’

उनले नेताहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले जुनसुकै विषयमा छलफल गर्नुपर्ने भन्दै काम गर्न नदिएको आरोप लगाए । “उनीहरुले अहिले पार्टी छाडे । उनीहरुको पाटीको बास हुन थालेपछि आयोग बन्यो। । अब काम गर्छ,’’ उनले भने ।

© 2021 Nepal Vitra All right reserved Site By : Himal Creation