सोमवार, मंसिर १२, २०७९

उम्मेद्वार माथिको हातपातको प्रयास

घोराही, १४ बैशाख । चुनाव प्रचारप्रसार क्रममा बुधवार घोराही उपहानगरपालिका वडा नं. हर्नक पुगेका गठबन्धनका साझा उम्मेद्वार मेघबहादुर खड्का माथि नेकपा एमालेका कार्यकर्ताहरु मादक पदार्थ सेवन गरी अभद्र व्यवहार सहित हातपातको प्रयास गरेका आरोप लगाएका छन् ।

नेकपा एमालेका तर्फ मेयर पदका प्रत्यासी नरुलाल चौधरी सहित हर्नक पुगेका एमालेका कार्यकर्ताहरुले गठबन्धनका उम्मेद्वारको प्रचार प्रसार टोलीको बाटो छेक्दै वडाध्यक्ष माथि अभद्र व्यवहार गरेको गठबन्धनका तर्फका वडाध्यक्ष उम्मेद्वार खड्का साथमा रहेका स्थानीय भिम बहादुर बुढाले जानकारी दिएका छन् ।

नेकपा एमाले तर्फका मेयर पदको उम्मेद्वार चौधरी प्रचारप्रसामार हिडेका छविलाल घर्तीले गठबन्धनका वडाध्यक्ष उम्मेद्वार खड्कालाई गालीगलौज गर्दै हात हाल्ने प्रयास समेत गरेको बुढाले हामीलाई बताएका छन ।

नेकपा एमालेका कार्यकर्ताहरुले अराजनीतिक चरित्र प्रकट गर्दै गठबन्धनका उम्मेद्वार माथि यअभद्र व्यवहार गरेको गुनासो पोख्नुभयो । नेकपा एमालेका कार्यकर्ताहरुले माद्यक पदार्थ सेवन गरी प्रचारप्रसार टोलीको सवारी साधनमा समेत अवरोध गरी अभद्र व्यवहार सहित हातपातको प्रयास गरेको जानकारी दिएका छन् ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation