सोमवार, मंसिर १२, २०७९

दाङका ९ स्थानीय तहका नवनिर्वाचित प्रमुखद्धारा सपथ ग्रहण

६ जेठ,घोराही –

बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विजयी भएका दाङका ९ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा जिल्लाको ९ स्थानीय तहमा निर्वाचित घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जिल्लामा निर्वाचित भइसकेका नौं पालिकाका प्रमुखहरु मध्ये घोराही उपमहानगरपालिको प्रमुख नरुलाल चौधरी, लमही नगरपालिकाको प्रमुख जोगराज चौधरी, बंगाचुली गाउँपालिकाका प्रमुख तुलसीराम ‘सुवास’ पुन, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री क्षेत्री, दंगीशरण गाउँपालिका प्रमुख शम्भु गिरी, गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेत र राजपुर गाउँपालिका प्रमुख शरदकुमार बुढाथोकीले सथप ग्रहण लिएका हुन् ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation