बिहिबार, भदौ ३१, २०७८

संवैधानिक इजलासमा पनि आमहड्तालको चर्चा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल आह्वान गरेको छ । आमहड्तालको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बहस जारी रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा पनि आमहड्तालको प्रसंग उठेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारको पक्षबाट बहस जारी रहँदा आमहड्ताल सुन्नमा आएको भन्दै ‘भोलि आउन सक्नुहुन्छ ?’ भनी सोधेका थिए । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस सक्नै लाग्दा राणाले सोधे, ‘‘भोलि आमहड्ताल भन्ने कुरा आयो, आउन सकिने अवस्था छ कि छैन ?’

पाण्डेयले आफूहरु आउन सक्ने बताएका थिए । प्रधानन्यायाधीश जबराले पाण्डेयले आउन सक्ने बताएपछि थपे, ‘‘हामी त यहाँ आइहाल्छौँ, तपाइँहरु त आइहाल्नुहुन्छ, त्यसमा केही व्यवस्था गर्नुपर्ने छ र ?’’

पाण्डेयको बहस बुधबार नसकिएपछि भोलि (बिहीबार) पनि उनले बहस गर्नेछन् । सरकारको पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र बुधबार वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सकिइसकेका छन् ।
फाइल तस्बिर ।

 

© 2021 Nepal Vitra All right reserved Site By : Himal Creation