सोमवार, मंसिर १२, २०७९

घोराही–बंगलाचुली सडक खण्डमा आन्दोलनमा उत्रिए स्थानीय

१३ असार,घोराही – सोनापुर सिमेन्ट उद्योग र स्वर्गद्वारी टिपर समितिले चुनढुंगा ढुवानी गर्न जबरजस्ती टिपर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका नागरिकले अवरोध गरेका छन् । पटक–पटकको आन्दोलनपछि टिपर सञ्चालन बन्द भएपनि सोनापुर सिमेन्टले बंगलाचुली १ मा नयाँ खानीमा जबर्जस्ती टिपर चलाउन खोजेको भन्दै स्थानीयबासीले आज बिहानैदेखि टिपर चलाउन रोक लगाउँदै सकडमै उत्रिएका छन् ।

स्थानीयबासीसँग कुनै सल्लाह नगरी जबर्जस्ती टिप्पर चलाउन थालिएपछि स्वस्फूर्तरुपमा आफुहरु आन्दोलित बन्नु परेको स्थानीयबासीको भनाई छ । घोराही १८ सिस्ने खोला पुलमा अहिले स्थानीयबासी, टिपर चालक र प्रहरीको बाक्लो उपस्थिती छ । प्रहरीले बाटो खुलाउन प्रयास गरेको छ भने स्थानीयले विगतका सहमति कार्यान्वयन नहुँदासम्म टिपर चलाउन नदिने अडान राखेका छन् ।

 

मदन भण्डारी मार्ग अन्तर्गत घोराही–बंगलाचुली सडक खण्डमा चल्ने टिपरले सडक जीर्ण बनाउनुका साथै वातावरण नै प्रभावित पार्ने गरी असहज अवस्था बनाएपछि यसअघि पटक–पटक गरिएको आन्दोलनको जगमा भएको सहमति कार्यान्वन नगर्दै फेरी टिपर चलाउन थालिएको भन्दै आफुहरु आन्दोलनमा उत्रिनु परेको स्थानीयले जानकारी दिएका छन् । सो क्षेत्रमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation