सोमवार, मंसिर १२, २०७९

विद्यानिलकण्ठ माविमा ट्राफिक प्रहरीद्धारा सचेतना कार्यक्रम सम्पन्न

(लालसुर विष्ट)

दाङ, ४ साउन । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

 

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न संघसस्थाको समन्वयमा सवारीसाधनका चालक, विद्यार्थीदेखि नागरिकहरुलाई ट्राफिक नियमका बारेमा सचेत गराउनका लागि सडक सुरक्षा तथा ट्राफिक नियमको बारेमा प्रशिक्षण कार्यक्रम गर्दै आएको हो ।

 

 

यसैक्रममा मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीमा रहेको विद्यानिलकण्ठ माविको सहकार्यमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरुको बारेमा प्रशिक्षण दिइएको छ ।

उक्त विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिनुुभएको हो ।

 

उहाँले प्रशिक्षणका क्रममा विद्यार्थीहरुलाई सवारीसाधन तथा पैदल रुपमा सडकमा हिड्दा अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभयो ।

 

 

लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले विद्यार्थीहरुलाई अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै नढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा प्रशिक्षण दिनुुभएको थियो । ट्राफिक प्रहरीले विद्यार्थीहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धि महत्वपुर्ण कुरा सिकाएको भन्दै विद्यालयका कोडिनेटर भोलोप्रसाद डाँगीलले प्रहरीलाई धन्यवाद दिनुका साथै कार्यक्रमको सहजीकरण समते गर्नुभएको थियो ।।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation