सोमवार, मंसिर १२, २०७९

घोराहीमा ट्राफिक सचेतनामूलक र्‍याली

घोराही,दाङ ४ । सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि ट्राफिक सचेतना हेतुले घोराहीमा आज जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले  सचेतनामूलक र्‍याली गरेको छ ।

प्रदेश ५ को  राजधानीको रुपमा रहेको दाङमा घोराहीको मुख्य चोक भानु चोक देखि बि. पी चोक सम्म र्‍याली निकालिएको उक्त  र्‍यालीमा  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार सहित  भि .एन स्कुल एन्ड कलेजका शिक्षकहरूको पनि उपस्थि  थिए ।

 

चालक अनि पैदल यात्रीलाई  ट्राफिक नियमको पूर्ण रूपले पालना गर्नु पर्ने जस्ता कुराहरू स्वयम् परियारले आफै प्रशिक्षण दिई रहेका थिए ।घोराहीमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले  विभिन्न चोक तथा भीडभाड हुने स्थानमा सडकहरु पार नगर्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनलागि जेब्राक्रसको प्रयोग मात्र बाटो काट्ने हो भने दुर्घटनाको जोखिम कम हुने  परियार बताए ।

 

ट्राफिक व्यवस्थापन र ट्राफिक नियम सम्बन्धिको प्लेकार्ड बोकी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र  भि .एन स्कुल एन्ड कलेजले ट्राफिकले सचेतनामूलक सँमुक्त र्‍याली गरेको थियो  ।

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation