सोमवार, मंसिर १२, २०७९

बाढी पहिरो आउदैन, हामी आफै बोलाउछौ ..!

तपाईं हामिलाइ थाहा छ २०७२ जेठमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगले बाताबरणिय अध्ययन नगरी पहाडी क्षेत्रमा डेजर नचलाउन निर्देशन दियो तर यो निर्देशनलाई टेर पुच्छर लगाएनन पछिल्लो समय बाताबरणिय प्रभाब मुल्यांकन समेत नगरी धमाधम सडक खन्ने काम भइरहेको छ ।

 

कहाँ नीर पहिरो जान सक्छ भनेर आकलन नगरी सडक खन्नुलाइ सामान्य रुपमा हेरियो जोखिम युक्त स्थानमा पहिरो रोक्ने उपाएको खोजी गरेर मात्रै सडक बनाउनुपर्छ भन्ने कुरालाई बास्ता गरिदैन। साना सडक मात्र हैन ठुला सडक खन्दा नै ढंग पुराउन सकेको देखिदैन ।

यसको कारण मुग्लिङ नारायणगड सडक पहिरो आउनुको मुख्य कारण यो पनि हो ।हाम्रा पहाडी भुभाग एक दम संबेदनसिल छन भिरको खुट्टा काटे पछि पहिरो आउँछ भन्ने जो कोहिलाइ थाहा छ।पहिरो नियन्त्रण गर्ने उपाए खोजेर मात्र डोजर चलाउन दिन स्थानिय सरकार लागि पर्नु पर्छ । वडा वा पालिकाले यी सब अनुगमन गरेपछी मात्र अनुमती दिएमा केही हद बिपद नपर्न सक्छ ।

भिरालो भुभाग त्यो पनि पहाडी भेगमा ग्रामीण सडक खनेर त्यतिकै छोड्नु भनेको बिपदलाई रातो कार्पेटले निमन्त्रणा गर्नु हो । एक त डोजरले पहाडको स्लोप लाई काटेर पानीको बहाबलाइ तिब्र बनाउछ ।

अर्को तिर सडक निर्माणका क्रममा फालिने माटो पानी परेपछी लेदो बनेर बग्न थाल्दछ सडक वा कुनै ठूलो संरचना निर्माण लागि जमिन खन्नु भनेको हाम्रो छाला निकाले जस्तै हो । शरीर बाट छाला निकाले इन्फर्मेसन भए जस्तै । जमिनको छाला निकालिदिए पछि पहिरो आउनु स्वभाबिक हो । यस्तो अबस्थामा अम्स्थानिय सरकार बाट आपतकालीन कोषमा राखिएको रकम बाट बिपद न्यूनीकरण गर्न सकिन्छ ।

तर तामाकोशी गाउपालिका वडा न ४ मा भएको बाढी पहिरो कि क्षेतिमा स्थानिय सरकार मौन बसेको र अहिके सम्म कुनै ठोस कदम चालेको देखिन्न किसानको बर्खे बाली नस्ट भएको छ बस्न बास छैन पहिरो रोक थाम र स्थानियलाइ ढुक्क सग बस्न पाउने अबस्था नभएको पाइयो सम्बन्धित निकाएको ध्यान जाओस ।

लेखक – देब कुमार पोखरेल तामाकोशी गाउपालिका वडा न ४

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation