सोमवार, मंसिर १२, २०७९

ट्रक दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

२२ साउन,दाङ । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation