सोमवार, मंसिर १२, २०७९

तीन दिने सहभागिता मुलक स्वच्छता तथा सरसफाइमा रुपान्तरण सम्बन्धि तालिम सम्पन्न

दाङ भदौ ९ । दाङको बबई गाउँपालिकाको हापुरेमा तीन दिने सहभागिता मुलक स्वच्छता तथा सरसफाइमा रुपान्तरण सम्बन्धि तालिम सम्पन्न भएको छ।

नेपाल रेड्क्रस सोसाइटी दाङ शाखा द्वारा सञ्चालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रम इनकोर परियोजना अन्तरगत यो तालिम आयोजना गरिएको बताएको छ। ।

गत भदौं ६ गतेदेखि सञ्चालित तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

तालिममा गाउपालिका भित्रका ७ वटै वडाका समुदायीक बिपद ब्यबस्थापन समिका पदाधिकारी सदस्य हरु, उक्त वडाका आमा समुहका प्रतिनिधि र महिला स्वास्थ स्वयमसेविका गरि २४ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षकको इनकोर परियोजना दाङका संयोजक जगत तामाङ, इनकोर परियोजना बबईका फिल्ड अधिकृत देवि प्याकुरेल,इनकोर परियोजनाका सामाजिक परिचालक लक्ष्मण निरौंला रहनुभएको थियो ।

तालिममा बिशेष गरि समुदायलाई सामुहिक सरसफाइसंग कसरी जोड्न सकिन्छ,सम्मुन्नत समुदाय कसरी निर्माण गर्न सकिन्छ,समुदाय स्तरमा फोहरका कारण लाग्ने रोगहरुबाट बच्न के कस्ता कार्य गर्न सकिन्छ लगायतका बिषयमा प्रशिक्षण दिइएको इनकोर परियोजना दाङका संयोजक तामाङले जानकारी दिनुभयो ।

तालिम पश्चात् तालिममा सहभागी २४ जनाले समुदाय स्तरमा सरसफाइ सम्बन्धीका समस्याहरु पहिचान गर्ने,सरसफाइ सम्बन्धि समस्याको समाधानका निम्ति समुदायका सबै स्थानिय उपस्थित भई सरसफाइ सम्बन्धि योजना निर्माण गर्ने ।

तयार पारीएका योजना कार्वनयन गर्ने र कार्वननयन गरिएका कार्य सहि छ कि छैन भनेर समुदायै ब्यक्तिको उपस्थितिमा अनुगमन र निरिक्षण गर्ने र भावि दिनमा गर्नुपर्ने योजना बनाउने र गरिएका काम कत्तिको प्रभावकारी भए भनेर समीक्षा गर्ने कार्यमा दक्षता हासिल गर्ने लक्ष्य राखिएको तामाङले जानकारी दिनुभयो ।

बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्कोको प्रमुख आतिथ्यतातथा रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदीको उपस्थितिमाभएको समापन कार्यक्रममा सहभागीका तर्फबाट बोल्दै सहभागीहरुले आफुले सिकेका कुराहरु आफुले ब्यवहारमा उतार्ने र समुदायलाई समेत आफुले सिकेका कुराहरु सिकाउने र सरसफाइमा लाग्न प्रेरित गर्ने लागु गर्न प्रेरित गर्ने बताएका थिए ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation