सोमवार, मंसिर १२, २०७९

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभियानलाई तीव्रता

जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरुगर्दै आएको छ ।

जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना अभियानलाई बिगत केहि महिना देखि तीव्रता दिएको छ । विद्यालयलाई बिशेस मध्यनजर गर्दै सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिहिबार    घोराही उप म.न.पा. १५ स्थित गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुलाई दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको छ ।


जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले उपस्थित एक सय भन्दा बढी बिधार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिनु भएको थियो ।

 

प्रशिक्षणका क्रममा उहाले कक्षा ११ मा अध्ययन गर्ने किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे  जानकारी दिनु भएको थियो। “पहिले रोकिनुस्, चारैतिर हेर्नुस्,एकछिन हेर्नुस् अनि मात्रै बाटो काट्नुस्”, उहाले भन्नु भयों , “सडक किनारामा हिँड्दा पनि हात समाएर एकै लाइनमा हिड्नुपर्ने बताउनु भयो  ।

सो क्रममा उहाले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाउदै । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिनु  भयो। ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको भन्नु भयो । “विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन् नीहरुमार्फत समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।

ट्राफिक प्रहरीले ट्राफिक सचेतन अभियान अन्तर्गत बिद्यालयमा यो अभियान निरन्तर अघि बढाउने परियारले बताए । विद्यालयका साथै चालक तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम गरिरहेको  परियारले बताउनु भयो ।

गोरखा बोर्डिङका प्रमुख मन्सिङ्ग घर्तिले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक बताउनु भएको छ । विद्यालयमा सिकेको भन्दा ट्राफिक आफैँ उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी रहेको बताउनु भयो ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation