सोमवार, मंसिर १२, २०७९

बर्षातका कारण अवरुद्ध घोराही तुलसीपुर सडक सञ्चालनमा

दाङ भदौ १० । दाङमा मुख्य सडकखण्डमा पर्ने खोलामा पुल नहुदा वर्षेनी सास्ती हुने गरेको छ ।

शुक्रवार बिहानै देखि परेको भारी बर्षाका कारण घोराही तुलसीपुर सडकखण्डमा पर्ने कालाखोलामा ठूलो बाढी आयो ।

बाढीका कारण बिहानै गन्तव्यमा हिडेका सवारीसाधन तथा पैदलयात्री करिब ३ घण्टा खोला किनारमै रोकिनुपर्यो ।

अहिले पानीको बहाव घटेपछी ठुला सवारीसाधन सञ्चालनमा आएका छन् ।

तर साना सवारीसाधनलाई भने खोला पार गर्न निकै जोखिम रहेको छ ।

खोलामा बाढी आए लगत्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष राम बहादुर जिसी बिहानैदेखि खोलामा पुगी अनुगमन तथा आवतजावतमा सहयोग गर्न खटिएका थिए ।

त्यसैगरी सुरक्षा निकाय तथा स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

घोराही तुलसीपुर सडकखण्डमा पर्ने हापुर खोला र सेवार खोलामा समेत पुल नहुँदा बर्खा याममा आवतजावतमा सास्ती हुने गरेको छ ।

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation