सोमवार, मंसिर १२, २०७९

ट्राफिक प्रहरी दाङले कालो स्टिकर टाँसेका गाडीलाई धमा धाम कारवाही

(लालसुर विष्ट)
दाङ, भदौ २७ । ट्राफिक प्रहरी दाङले कालो स्टिकर टाँसेका गाडीलाई धमा धाम कारवाही धमा धम कारवाही गरेको छ ।

अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि आफु खुसि कालो स्टिकर  लगाएर दुरुपयोग गर्ने क्रम बढेसंगै ट्राफिक प्रहरी दाङले यस्ता गाडीहरुलाई कारवाही सुरु गरेको छ  ।  चारपांग्रेमा नियम उल्लंघन गरी कालो सिसा लगाउने क्रम बढेको निष्कर्ष ट्राफिक प्रहरीले निकालेको दाङ जिल्ला  ट्राफिक प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभएको छ ।

नियमविपरीत कालो सिसा लगाउने,”सो” को लागि टासेको स्टिकर  सवारी साधनमाथि कडाई गरेको दाङ जिल्ला  ट्राफिक प्रहरी निरीक्षक  परियारले बताउनु भयो ।

दाङ जिल्ला  ट्राफिक प्रहरी निरीक्षक  परियारले ले सवारी साधनमा लगाइएका कालो सिसा हटाउन र त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन दाङ जिल्ला सबै ठाउमा निर्देशन दिएको जानकारी दिनुभयो । प्रायले  सिसामा कालो स्टिकर लगाउने गरेका  पाईएको उहाले भन्नु भयो , ‘कतिपय उत्पादक कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेको पनि पाइयो ।’ उहाका अनुसार सेतो सिसा भएकामा पनि स्टिकर टाँसेर कालो बनाउने गरिएको छ । उनका अनुसार कालो सिसा लगाउने सवारी साधनलाई प्रहरीको सहयोगमा ट्राफिकले  जरिवाना गर्ने गरेको छ । ट्राफिकले स्टिकर निकाल्ने र कालो सिसा हटाउने अभियानलाई तीव्र पारेको छ । धेरैजसोले नियम थाहा नभएको र घाम छल्नका लागि कालो सिसा लगाएको बताउने गरेको उहाले हामीलाई भन्नु भयो ।

‘कालो सिसा लगाइएका सवारी साधनभित्र बाहिरबाट केही पनि देखिँदैन’, उहाका अनुसार के भै रहेको छ भन्ने थाहा नहुने हुदा कालो सिसा लगाइएका गाडीभित्र आपराधिक गतिविधि र अनेकौं धन्दा पनि हुने गरेको यो भन्दा पहिलेको घटनाक्रमले  देखाइसकेको  छ र कालो सिसा लगाउँदा बाहिरबाट केही पनि नदेखिने भएकाले भित्र अवैध सामान ओसारपसार  हुन सक्ने तथा अपराधमा संलग्नलाई भाग्न सहज हुने  भएकाले कालो सिसा प्रयोगमा कडाइ गर्ने काम भइरहेको निरीक्षक  परियारले बताउनु भयो ।   कालो सिसा लगाएर कुदाइएका धेरै गाडी ट्राफिकको कारबाहीमा परेका छन् ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation