सोमवार, मंसिर १२, २०७९

बर्दियामा ट्रयाक्टरले किच्दा एक बालककाे मृत्यु

१४ असोज,

दाङ । गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् ।

 

मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो । गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।

 

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।

 

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation