सोमवार, मंसिर १२, २०७९

सुरक्षा योजना अनुसार चार्डपर्वहरुमा सार्वजनिक सवारीलाई टाईम कार्ड लागु

१५ असोज, दाङ ।जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय अमिलिया दाङ र ट्राफिक प्रहरी पोस्ट अमिलियाका को समन्वयमा टाईम कार्ड लागु गरिएको गरिएको छ ।

सुरक्षा योजना अनुसार चार्डपर्वहरुमा सार्वजनिक सवारी चालकहरुले एक अर्कामा प्रतिस्पर्धा गरी तिब्रगतीमा सवारी चलाउने कार्यलाई रोक थाम एवं न्युनिकरण गरी सवारी दुर्घटना न्युनिकरण गर्नको लागी दाङको अमिलिया लमही भालुाङ सडकखण्डमा संचालित सार्वजनिक भाडाका सवारी साधनहरुको लागी टाईम कार्ड लागु गरिएको गरिएको छ ।

ट्राफिक प्रहरीको तथ्याकं अनुसार सबै भन्दा बढि दुर्घटना सवारी चालकको लापर्वा्हिका कारण हुने गरेको छ । तर ट्राफिकले भनेजस्तो अवस्था र कारकमा चालक नै पहिलो दोषी हो भन्ने कुरा चाहि चालकहरु मान्न तयार हुदैनन् । यद्यपी प्रहरी आम नागरिकले समेत यहि कुरा बुझेपछि प्रहरीले बिभन्न समयमा ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेर चालकहरुलाई प्रशिक्षण र सुरक्षित सवारी संचालन गर्न प्रोत्सावह गर्न विभिन्न उपायहरु पनि अपनाईरहेका छन् ।

दुर्घटना नयूनिकरण गर्ने उद्देश्यले सवारी चालकलाई बोलाएरै इलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरी निरीक्षक सुरेन्द्र बिक्रम बर्तौला र ट्राफिक प्रहरी पोस्ट अमिलियाका इन्चार्ज बरिस्ठ हवल्दार टेक बहादुर कुसारीले भालुबाङ,लमही,अमिलिया सडक खण्डमा सार्वजनिक यातायातका साधनलाई टाईम कार्ड सुरुवात भएको समेत जानकारी दिनुभएको थियो। टाईम काड लागू भएपछि सार्बजनिक सवारी साधनको तिब्र गतिमा हुईकिने प्रबृत्ती नियन्त्रणमा आउने ट्राफिक प्रहरीको भनाइ छ।

दाङ जिल्लाको पूर्बी भालुबाङबाट छुटेको यात्रुवाहक सवारी साधनले लमही आइपुग्नका लागि न्यूनतम ३५ मिनेट लगाउनु पर्नेछ। त्यसपछि लमहीदेखि अमिलिया पुग्न न्यूनतम ५० मिनेट लगाउनु पर्नेछ । तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुगे जरिमाना लगायत अन्य कारवाही हुने अमिलियाका इन्चार्ज बरिस्ठ हवल्दार कुसारीले जानकारी दिनुभयो।

दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णरुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएपनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि टाइम कार्ड लागू गरिएको र टाइम कार्ड लागू गरिएसँगै तीव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने अमिलियाका ट्राफिक इन्चार्ज बरिस्ठ हवल्दार कुसारीले बताउनु भयो । यस्तै टाइमकार्ड लागू  भएपछि सार्बजानिक यातायतमा यात्रा गर्न सहज हुने भएको र यो प्रकृया भए पनि जिल्ला भरि लागु गर्न सकिए दुर्घटना घटेर जाने उहाले बताउनु भयो ।

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation