सोमवार, मंसिर १२, २०७९

घोराहीको सभाहलमा “राईज टु रेन” मेगा सेमिनार हुदै

घोराही, ४ कार्तिक ।
घोराहीको सभाहलमा “राईज टु रेन” मेगा सेमिनार हुन लागेको छ। दाङ जिल्लामा रहेका इसाई नागरिकहरुलाई सहभागी गराउने लक्ष्य राखेर तिन दिने सेमिनारको आयोजना गर्न लागिएको छ।

“राईज टु रेन” आर्थत् “अधिकार गर्न खडा होओ” भन्ने विषय राखेर दाङ इसाई युवा समुदाय तथा फाईनल हार्भेष्ट मिनिष्ट्रिको संयुक्त आयोजनामा सेमानार हुन लागेको हो। सेमिनार यही कार्तिक ७ गतेदेखी सुरु भएर ८ र ९ गते गरेर तिन दिन सम्म सेमिनार चल्ने भएकाले सहभागिताका लागी सबै खिष्ट्रियनहरुलाई दाङ इसाई युवा समुदायका अध्यक्ष रेशम शाहुले आग्रह गर्नुभएको छ ।

सेमिनारमामा देश तथा विदेशमा बसेर सेवकाई गर्दै आएका नेपाली वक्ताहरुले वचन बोल्ने फाईनल हार्भेष्ट मिनिष्ट्रिका रोशन मगरले जानकारी दिनुभएको छ। अमेरिकामा बसेर सेवकाई गर्दै आउनु भएका पाष्टर डि.के. दानियल, पाष्टर फिलिप थापा र रेभरेन पाष्टर सुरेश तमाङ सेमिनारका प्रमुख वक्ताका रुपमा रहनु भएको छ। परमेश्वरको वचनद्धारा सु-सज्जित हुनका लागि सबैलाई सेमिनारमा सहभागी हुन आग्रह गरिएको छ ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation