सोमवार, मंसिर १२, २०७९

“राईज टु रेन” मेगा सेमिनार घोराहीको सभाहलमा सुरु

घोराही, ७ कार्तिक ।
“राईज टु रेन” मेगा सेमिनार घोराहीको सभाहलमा सुरू भएको छ। “राईज टु रेन” आर्थत् “अधिकार गर्न खडा होओ” भन्ने विषय राखेर दाङ इसाई युवा समुदाय तथा फाईनल हार्भेष्ट मिनिष्ट्रिको संयुक्त आयोजनामा सेमानार आजदेखी सेमिनार सुरु भएको छ ।

दाङ इसाई युवा समुदायका अध्यक्ष रेशम शाहुको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं  दाङ जिल्ला ईसाई समुदायका अध्यक्ष पाष्टर सन्तबहादुर घर्तिको विशिष्ट अतिथ्यतामा सेमिनारको उद्घाटन गरिएको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिं  बुढा, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, पाष्टर जीवन गुरुङ, उदय शोर्णकारलगायतले बोल्नु भएको थियो ।

दाङ जिल्लामा रहेका इसाई नागरिकहरुको सहभागिता रहेको छ। आजदेखी सुरु भएर ८ र ९ गते गरेर  तिन दिन सम्म सेमिनार चल्ने आयोजकले जनाएको छ । सेमिनारमामा देश तथा विदेशमा बसेर सेवकाई गर्दै आएका नेपाली वक्ताहरुले वचन बोल्ने फाईनल हार्भेष्ट मिनिष्ट्रिका रोशन मगरले जानकारी दिनुभएको छ। अमेरिकामा बसेर सेवकाई गर्दै आउनु भएका पाष्टर डि.के. दानियल, पाष्टर फिलिप थापा र रेभरेन पाष्टर सुरेश तमाङ सेमिनारका प्रमुख  वक्ताका रुपमा रहनु भएको छ।

वरिष्ठ पाष्टर नरबहादुर शाहको सुरुको प्रथना तथा दाङ इसाई युवा समुदायका सुरुको प्रथना तथा दाङ इसाई युवा समुदायका उपाध्यक्ष वर्णबास सुन्दासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण मानबहादुर शेर्पाईलीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको अन्तिम प्रार्थना पाष्टर रामबहादुर पुनले गर्नु भएको थियो ।।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation