बिहिबार, माघ १३, २०७८

कारागारबाट कैदी भागेको प्रकरणमा अदालतले प्रहरी जवान सहित दुुई जनालाई पुर्पक्षका लागि कारागार चलान

पुस, घोराही –घोराही कारागारबाट कैदी भागेको प्रकरणमा अदालतले प्रहरी जवान सहित दुुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो ।

मंगलबार भएको थुनछेक बहसमा कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीलाई १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । त्यसैगरी, थकाली भान्साघरका सञ्चालक घोराहीका सौजन्य खनाल र घोराही १६ की विपशा चौधरी साधारण तारेखमा छुुटेका छन् । पक्राउ परेकाहरु बिरुद्ध कैदी भागे भगाएको शिर्षकमा मुुद्धा दायर भएको थियो । कारागारका जेलर युवराज परियार गत शुुक्रबार नै छुटिसकेका थिए ।

कारागार बिभागले जेलरलाई पक्राउ नगर्नुु भन्ने निर्देशन दिएपछि केही दिन हिरासतमा बसेको परियारलाई प्रहरीले छोडेको थियो । यही पुुस ७ गते कारागारका नाईके रहेका यामराज परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले कारागारबाट अस्पताल लगेका थिए l

उनिहरु अस्पताल नगई दुुई जना युुवती लिएर होटलमा गएको र उतैबाट कैदी परियार भागेका थिए । परियारको खोजी कार्य जारी रहेको भए पनि अझै फेला पर्न नसकेको प्रहरीले बताएको छ । भागेका कैदी परियार भारत पसेको प्रहरीको अनुुमान छ । मिलेमतो मै कैदी भगाएको प्रहरी निष्कर्ष छ ।।

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation