बिहिबार, माघ १३, २०७८

दाङमा स्मार्ट लकडाउन

३० पुस,दाङ –कोरोना भाइरसको संक्रमण उकालो लागेको भन्दै दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरिय कोरोना व्यवस्थापन समितीको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो।

दाङमा स्मार्ट लकडाउन अन्तरगत होटल, रेष्टुरेण्ट, पार्टि प्यालेसहरु साझ ७ बजे सम्म मात्र खोल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक स्थलमा २५ जना भन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । साथै माघको अवसरमा कुनै पनि मेला मोहत्सव सञ्चालन नगर्ने निर्णय भएको हो ।

यस्तै दाङमा आउदो माघ ७ गतेदेखी खोप कार्ड भए मात्रै सार्वजनिक स्थानहरुमा प्रवेश गर्न पाईने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईमार्ग लगाएतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागु गर्ने निर्णय भएको छ । ती क्षेत्रहरुमा जादा खोप कार्ड साथमा भएको हुनुपर्ने वा मोवाएलमा राखेको हुनुपर्ने छ ।

साथै दाङका पालिकाहरुमा बढ्ने कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न समेत सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभएको छ ।।

 

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation